वडाध्यक्षमाथि गाउँकै नातिनी बलात्कारको आरोप, अर्कैले देखेपछि बाहियो घटना

कालिकोट, असार ३१ । कालिकोटको खाँडाचक्र नगरपालिकाका एक वडाध्यक्षमाथि बलात्कारको आरोप लागेको छ ।

नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष जगदिश शाहीले बहिनी नातापर्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो ।

पीडितका आफन्तले मंगलबार प्रहरीमा उनीविरुद्ध उजुरी दिएका छन् । १६ वर्षीया किशोरीले विगत तीन वर्षदेखि वडाध्यक्षले आफूमाथि निरन्तर बलात्कार गरेको बयान प्रहरीसमक्ष दिएकी छिन् ।

केही दिन अघि गाउँकै एक किशोरीले पीडित किशोरी माथि शाहीले बलात्कार गरेको देखेपछि घटना बाहिर आएको हो । घटना सार्वजनिक भए लगत्तै पीडितका आफन्तले शाहीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।

वडाध्यक्षले घटना लुकाउन पीडित किशोरीलाई पैसाको प्रलोभन देखाउने गरेका बताइएको छ । आफू विरुद्ध प्रहरीमा उजुरी पुगेपछि वडाध्यक्ष शाही सम्पर्कविहीन छन् । शाही नेकपाबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।


३१ असार २०७७, बुधवार ०१:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु