punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल-इन्डो नेत्रहीन महिला क्रिकेट सिरिजमा भारतमाथि नेपालको जित

Chaupati
safha napa

विनिता पुनको शतकमा दोस्रो नेपाल-इन्डो टी-२० नेत्रहीन महिला क्रिकेट सिरिजमा नेपालले भारतलाई पराजित गरेको छ।

पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा नेपाली नेत्रहीन महिला क्रिकेट टिमले भारतलाई ८ विकेटले हरायो।

भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७३ रन जोड्यो।

भारतका लागि उपकप्तान गंगावा निलप्पाले सर्वाधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टिसीले १६ रन, वर्ष यूले १० रन र सुष्मा पटेलले ९ रन बनाए।

भारतका ५ खेलाडी रन आउट भए। नेपालका विनिता पुन र निशा चौधरीले एक एक विकेट लिएका थिए।

जवाफि व्यटिङमा नेपालले २ विकेटको क्षतिमा लक्ष्य पार गर्‍यो।

नेपालको लागि प्लेयर अफ द म्याच विनिता पुनले ५७ बलमा नटआउट १११ रन प्रहार गरेकी थिइन्। उनले १७ चौका प्रहार गरिन्। साथै उनी नेपाली नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिले शतक बनाउने खेलाडी बनेकी छन्।

त्यसैगरी मनकेशरी चौधरीले ३२ रन र सरिता घिमिरोले नटआउट हुँदै २१ रन प्रहार गरे।


१२ वैशाख २०८०, मंगलवार १७:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु