punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बारा-२ मा यादवसँग मतान्तर घटाउँदै कुशवाहा

Chaupati
safha napa

बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार उपेन्द्र यादवले अग्रता कायमै राखेका हुन्। यता उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले मतान्तर घटाउँदै लगेका छन्।

यसअघि उपेन्द्र यादव कुशवाहाभन्दा ५ हजार १३ मतले अगाडि थिए।

अहिले कुशवाहाले मतान्तर घटाएर ४ हजार ३२२मा पुर्‍याएका हुन्।

यादवले १८ हजार ४९६ मत पाउँदा कुशवाहाले १४ हजार १७४ मत पाएका छन्।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल छन्। उनले ५ हजार ५१४ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार १९६ मत र आम जनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार मत पाएका हुन्।


१२ वैशाख २०८०, मंगलवार १७:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु