सुदूरपश्चिममा थपिए ११ जना कोरोना संक्रमित
धनगढी, असार २९ । सुदूरपश्चिम प्रदेशमा आज ११ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कैलालीका १० र अछामका १ जना रहेका छ्न ।
सेती प्रादेशिक अस्पतालले जारी गरेको सूचनाका अनुसार कैलालीको टिकापुरका ४ महिला २ पुरुष गरी ६ जना, त्यसैगरी कैलालीकै गोदावरी नगरपालिका –७ का १ पुरुष र १ महिला गरी २ जना, ५ का १ पुरुष र ११ का १ पुरुष गरी ४ जना र अछामको ढकारी गाउँपालिकाका १ पुरुषमा कोरोना संक्रमण देखा परेको हो ।
सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४३जनाको नमूना परीक्षण गरिएको जारी सुचनामा उल्लेख गरिएको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३ हजार ९ सय ३१ पुगेको छ।
२९ असार २०७७, सोमवार ०९:३७ बजे प्रकाशित































