बैतडीको मणिलेकमा नेविसंघको जित
सुदुरपश्चिम विश्वविद्यालयको आङ्गिक विद्यालय बैतडीको मणिलेकमा कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले जित हात पारेको छ।
जिल्लाको मणिलेक क्याम्पस मेलौलीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवराज भट्ट प्यानलसहित विजयी भएका छन्। नेविसंघका भट्टले ७० मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका धनीदत्त भट्टले ४४ मत ल्याए। मणिलेक क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए भने नेविसंघ एक्लै सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बैतडीको मणिलेकमा कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघले जित हात पारेको छ।
जिल्लाको मणिलेक क्याम्पस मेलौलीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवराज भट्ट प्यानलसहित विजयी भएका छन्। नेविसंघका भट्टले ७० मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका धनीदत्त भट्टले ४४ मत ल्याए। मणिलेक क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए भने नेविसंघ एक्लै चुनाव लडेको थियो।
सो क्याम्पसको स्ववियु सचिवमा नेविसंघकै निरज भट्ट विजयी हुँदा कोषाध्यक्षमा पनि नेविसंघकी सुशीला नेगी विजयी भएकी छिन् । यस्तै सदस्यहरूमा नेविसंघका दिनेशसिंह साउँद,पूजा चन्द,सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भएका छन्। त्रिवि अन्तर्गतका क्याम्पसहरूका ५ गते स्ववियु निर्वाचन भएको थियो भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूका आज निर्वाचन भएको हा ।चुनाव लडेको थियो।
सो क्याम्पसको स्ववियु सचिवमा नेविसंघकै निरज भट्ट विजयी हुदा कोषाध्यक्षमा पनि नेविसंघकी सुशीला नेगी विजयी भएकी छिन् । यस्तै सदस्यहरुमा नेविसंघका दिनेशसिंह साउँद,पूजा चन्द,सुनिता भट्ट र मनोजदत्त ओझा विजयी भएका छन्। त्रिबि अन्तर्गतका क्याम्पसहरुका ५ गते स्ववियु निर्वाचन भएको थियो भने सुदूरपश्चिम विश्वविद्यालय अन्गर्ततका क्याम्पसहरुका आज निर्वाचन भएको हा ।
८ चैत २०७९, बुधवार १८:३१ बजे प्रकाशित































