punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकपको फाइनलमा पुग्यो , थ्रीस्टार १—० ले पराजित

Chaupati
safha napa

रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै सुदूरपश्चिम ११ ले आफ्नो फाइनल स्थान पक्का गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयसम्म गोलरहित बराबरीमा रहेकोमा ८६ औँ मिनेटमा सुदूरपश्चिम ११ का फागुराम थारुले गोल गरेर आफ्नो टीमलाई जितका लागि सुरक्षित बनाएका थिए । बिहीबार मनाङ र्मस्याङदी र फ्रेण्डस क्लबीच सेमिफाइनल खेल हुनेछ । सुदूरपश्चिम ११ ले बिहीबार यी दुई बीचको बिजेतासंग शनिबार खेल्नेछ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।


८ चैत २०७९, बुधवार १८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु