बढ्यो सुनको मूल्य, कति पुग्यो ?
मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ । सोमबार घटेर कारोबार भएको बजारमा मंगलबार भने बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको हो ।
सोमबार सुनको भाउ तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको थियो । यसैगरी १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज बढेर १ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको देखिन्छ ।
यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । सोमबार १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ३४० रुपैयाँ पर्नेछ ।
७ चैत २०७९, मंगलवार १२:२६ बजे प्रकाशित































