विश्वभर कोरोनाबाट कति नेपालीले गुमाए ज्यान ?
काठमाडौं, असार २८ । विश्वभर कोरोना भाइरस संक्रमणबाट एक सय ८१ जना नेपालीले ज्यान गुमाएका छन् । नेपालमा मात्र हालसम्म ३८ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो एक साता विदेशमा कोरोना भाइरसका कारण कसैले पनि ज्यान नगुमाएको एनआरएनले जनाएको छ । साथै एनआरएनएले विश्वमा ९२ प्रतिशत नेपालीले कोरोनाभाइरसलाई जितेको पनि तथ्यांक प्रस्तुत गरेको छ ।
एनआरएनएले कोरोनाबारे बनाएको समितिका संयोजक डा. सन्जीव सापकोटाले दिएको जानकारीअनुसार विश्वभर अब २९ हजार ६ सय २४ जनामा २७ हजार ३ सयभन्दा धेरै नेपालीले कोरोनाभाइरस जितेका छन् । नेपालको तथ्यांकसमेत जोड्दा विश्वभर ४६ हजार ३ सय ४६ जना कोरोना संक्रमित पाइएका छन् ।
२८ असार २०७७, आइतवार ०४:११ बजे प्रकाशित































