punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मास्क नलगाउनेलाई जरिवानाको सट्टा उपहार !

Chaupati
safha napa

धादिङ, असार २८ । कोरोना भाइरस संक्रमण रोक्न मास्क लगाउनुपर्ने नियम उल्लंघन गर्नेलाई देशका विभिन्न जिल्लामा कारबाही स्वरुप जरिवाना गर्ने गरिएको छ ।

सबै जिल्ला प्रशासनलाई मास्क प्रयोग नगर्नेलाई कारबाही स्वरुप जरिवाना गर्न निर्देशन दिएसँगै चेकजाँचमा कडाई गरिएको छ । धादिङमा पनि प्रशासनको आग्रहमा प्रहरीले मास्क नलगाउनेलाई कार्बाही स्वरुप सय रुपैया जरिवाना गराएको छ ।

प्रहरीले शुक्रबार र शनिबार चेकजाँचका क्रममा मास्क नलगाउने ५४ जनालाई जरिवाना गरेको छ । तर, मास्क नलगाउने नागरिकलाई जरिवाना नगराई मास्क प्रदान गर्न आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय धादिङलाई केही पत्रकारले एक हजार पाँच सय मास्क प्रदान गरेका छन् ।

धादिङका पत्रकार नवराज छत्कुलीले एक हजार र राजेन्द्र बस्नेतले पाँच सय गरी एक हजार पाँच सय मास्क प्रहरीलाई प्रदान गरेको हो ।

शनिबार एक कार्यक्रमको आयोजना गरि प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई प्रदान गरिएको हो । प्रहरीलाई प्रदान गरेको मास्क चेकजाँचका क्रममा मास्क नलगाउनेहरुलाई प्रदान गरिने छ ।


२८ असार २०७७, आइतवार ०४:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु