कोरोना तीब्र फैलिएको अमेरिकामा कति पुग्यो संक्रमित र मृतकको संख्या ?
काठमाडौं, असार २८ । विश्वमै सबैभन्दा बढी तीब्र रुपमा कोरोना भाइरस संक्रमण भएको अमेरिकामा संक्रमितको संख्या साढे ३३ लाख बढी पुगेको छ ।
कोरोना भाइरसको महामारीले अमेरिकामा हालसम्म ३३ लाख ५५ हजार ६ सय ४६ जनामा संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६१ हजार ७ सय १९ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ७३२ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ४०३ पुगेको छ ।
कुल संक्रमितमध्ये १४ लाख ९० हजार ४ सय ४६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १७ लाख २७ हजार ७९७ जनामध्ये १५ हजार ८१९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
२८ असार २०७७, आइतवार ०३:०० बजे प्रकाशित































