शिक्षा क्याम्पस बैतडीमा नेविसंघको तालाबन्दी, यस्तो छ कारण
बैतडीको शिक्षा क्याम्पस शाहीलेकमा नेपाली काँग्रेस निकट नेविसंघले तालाबन्दी गरेको छ। निर्वाचन समितिले पक्षपातपूर्ण व्यवहार गरेको र स्ववियु निर्वाचन निर्देशिका र विधान विपरीत काम गरेको भन्दै नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको हो।
स्ववियु उपसभापति समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई नियुक्त गर्ने प्रावधान रहेपनि क्याम्पसको निर्वाचन समितिले निर्देशिका विपरीत उपसभापतिको समेत मनोनयन दर्ता गरेको नेविसंघको आरोप छ।
विधान र निर्देशिका विपरीत स्ववियु निर्वाचनका गतिविधि अगाडि बढाउने निर्वाचन समिति संयोजकको राजीनामा माग गरिएको छ ।
बैतडी शिक्षा क्याम्पस त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस भएकाले यही चैत ५ गते स्ववियु निर्वाचन गर्ने तयारी छ।
३ चैत २०७९, शुक्रवार १७:०० बजे प्रकाशित































