punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कस्तो छ मुम्बईमा उपचाररत चन्द्र भण्डारीलाई

Chaupati
safha napa

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आइरहेको छ । सो अस्पतालमा उपचार थालेको २२ औं दिनसम्म आइपुग्दा उनको पछिल्लो अवस्था अनुसार शरीरका सबै पारामिटर सामान्य रहेका छन् ।

परामर्श चिकित्सक डा। शिल्पा केश्वनीले स्थानीय समयअनुसार साँझ ६ं३० बजे दिएको जानकारी अनुसार अक्सिजनको मात्रा दुई लिटरमा झारिएको छ । फिजियोथेरापी पनि भएको छ ।

त्यस्तै कोलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिएको छ । डा। भण्डारीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । अस्पताल प्रशासन र चिकित्सकहरुले भेटघाटमा प्रतिबन्ध लगाएका छन् ।

डा। सुनील केश्वानीले कोलमी गरेको स्थानहरुको अवलोकन र मूल्यांकनपछि केही ठाउँको सर्जरी शनिबार वा सोमबार गर्ने बताएको अस्पतालबाट डा। भण्डारीका दाजुले जानकारी दिएका छन् ।

फागुन ३ गते राति काठमाडौंको घरमा ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परी गम्भीर घाइते भएका डा। भण्डारी फागुन ४ गतेदेखि मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत छन् ।

सो घटनामा परी उनकी आमाको भने फागुन ४ गते बिहान निधन भएको थियो ।

 


२५ फागुन २०७९, बिहीवार २१:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु