punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सागर ढकाल लगायत युवाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र, यस्ता छन् माग

Chaupati
safha napa

कैलाली । कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिनिधि सभामा पराजित सागर ढकालले भूकम्पीय जोखिम सम्बन्धी सुरक्षाको माग गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।

शुक्रबार धनगढीस्थित मुख्यमन्त्री शाहको निवासमै पुगेर सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्व तयारी थाल्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् । उनले पश्चिम नेपालमा भूकम्प जाने जोखिम रहेको समेत मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए ।

विज्ञप्तिमा सुदूरपश्चिमको संस्कार र संस्कृति जोगाउन भूमिका खेल्न, विज्ञानलाई आधार मानेर योजना छनोट गर्न, विद्यालयमा प्रदेशका रैथाने शैलीका पोसाक लगाउन र अनुसन्धान बजेट पालिकामा बढाउन माग गरिएको छ ।

ढकालसहितका युवाले उठाएका मागमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेका छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टसहितका नेताहरूले पनि ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् भने उनीहरु पनि ढकालसँगै मुख्यमन्त्रीको निवासमा पुगेका थिए ।


१९ फागुन २०७९, शुक्रवार १५:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु