punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गाउँमै रोजगारी सिर्जना गर्न ‘एक घर, एक नयाँ रोजगारी’ : मन्त्री अर्याल

Chaupati
safha napa

स्याङ्जा, असार २६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिम/कार्यक्रम सम्पन्न गरिएका छन् ।

मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम तथा कार्यक्रम सम्पन्न गरिएका हुन् । त्यस अवसरमा अचार बनाउने, च्याउ खेती गर्ने, ढाँका बुन्ने, मौरीपालनलगायतका उद्यमशिलता तालिमहरु सम्पन्न गरिएका हुन् । मौरीका घारलगायत उद्यमी बन्नका लागि आवश्यक उपकरणहरुसमेत त्यस अवसरमा उपलब्ध गराइएको थियो ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भिडियो संवादमार्फत कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री अर्यालले बर्तमान परिस्थिति र जिम्मेवारीको कारणले उक्त कार्यक्रमहरुमा भौतिक रुपमा उपस्थित हुन नसकेता पनि भिडियोमार्फत सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै मन्त्री अर्याालले ‘समृद्ध नेपाल–सुखी नेपाली’को लक्ष्य भेट्नका निम्ती यस्ता कार्यक्रम निरन्तर रहन जरुरी रहेको बताउनुभयो । हरेक व्यक्तिलाई सीप सिकाउदै आत्मनिर्भर तथा व्यवसायमूखी बनाउन जरुरी रहेको भन्दै मन्त्री अर्यालले अब गाउँमा नै आर्थिक सम्भावनाको खोजी गर्नुपर्ने बताउनुभयो ।

‘गाउँमा उत्पादन वृद्धि गरेर रोजगारी सिर्जना गर्दै अगाडि बढ्नुपर्ने आजको आवश्यकता छ । तपाइहरू उद्यमी बनेर बजारलाई आवश्यक पर्ने वस्तुहरु उत्पादन गर्नुस् । त्यसका निम्ती आवश्यक बजारको व्यवस्थापन हामी गर्छौ,’ मन्त्री अर्यालले भन्नुभयो, ‘एक घर–एक नयाँ रोजगारको अभियानसँगै गाउँमा रोजगारीको सिर्जना गरौं ।’

निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष भेट्न आउन आतुर रहेको बताउँदै मन्त्री अर्यालले छिट्टै भेट्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ‘अब हरेक व्यक्ति ज्ञान र सीपसहित आत्मनिर्भर बन्नुपर्छ, स्वरोजगारी र लघु उद्यमी बन्नुपर्छ । यसका लागि भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सुरु गरिएको छ’ मन्त्री अर्यालले भन्नुभयो । अब यस्ता कार्यक्रम निरन्तर गरिने मन्त्री अर्यालले बताउनुभयो । यस्ता कार्यक्रमहरुले जनताको आर्थिक जीवनस्तर बढाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कोरोना महामारीका कारण वर्तमान अवस्थामा सामाजिक दुरी कायम गर्दै स्यानिटाइजर र मास्कसमेत प्रयोग गरी कार्यक्रम सम्पन्न गरिएका हुन् । स्याङ्जाका पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिकाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक तालिम सम्पन्न गरिएका हुन् ।


२६ असार २०७७, शुक्रवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु