punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थपिए ११८ जना कोरोना संक्रमित, १२० जना डिस्चार्ज

Chaupati
safha napa

काठमाडौँ, असार २६ । नेपालमा आज थप ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ६४९ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १२० रहेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या आठ हजार ११ रहेको उनले बताए ।


२६ असार २०७७, शुक्रवार १०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु