punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

के तरकारी तथा फलफूल छुँदा पनि कोरोना सर्छ ?

Chaupati
safha napa

कोरोना भाइरस तरकारी फलफूलमा पनि हुन्छ। त्यसलाई छुँदा भाइरस सर्छ भन्ने सर्वसाधारणमा त्रास रहेको देखिन्छ। कति जना मानिसहरु तरकारी वा अन्य सामग्री खरिद गर्न जाँदा हातमा पन्जा लगाएको देख्छौँ। के साँच्चै तरकारी, फलफूल वा अन्य वस्तुबाट कोरोना सर्छ त ? हामीले यही जिज्ञासा विज्ञहरुलाई सोधेका छौँ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमित व्यक्तिले छोएको वस्तु अर्को मानिसले छोएर आफ्नो नाक, मुख वा आँखामा हात लगेमा तत्काल सर्ने सम्भावना रहने बताउँछन्।

नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर संक्रमित व्यक्तिले छोएका फलफूल वा तरकारी अर्को व्यक्तिले छुँदा सर्न सक्ने सम्भावना रहेको बताउँछन्। त्यसैले तरकारी वा फलफूल पखालेर खाने, तरकारी फलफूल किनमेल गरेपछि हात सफा गर्न उनले सुझाव दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नीति योजना महाशाखाका प्रमुख डा विकास देवकोटाले संक्रमित व्यक्तिले खोक्दा नाक र मुखबाट निस्केका छिटामा भाइरस हुने भएकाले ती छिट्टै कुनै पनि वस्तु वा सतहमा पर्छन् र त्यहाँ भाइरस हुन सक्ने बताउँछन्। तरकारी वा फलफूलबाट प्रत्यक्ष रुपमा भाइरस नसरे पनि व्यक्तिगत सावधानी अपनाउन उनले सुझाव दिए।

मुख्यतया कोरोना भाइरस संक्रमित व्यक्तिको नाक मुखबाट निस्केका थुक वा र्‍यालका छिटाबाट अर्को व्यक्तिमा सर्नसक्छ। हामीले तरकारी फलफूल वा अन्य कुनै पनि सामान किन्न जाँदा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, किनमेल गरिसकेपछि साबुनपानीले राम्रोसँग हात धुने, तरकारीश, फलफूल पनि पखालेर मात्र राख्ने गर्दा धेरै हदसम्म संक्रमणबाट जोगिन सकिन्छ। स्वास्थ्य खबर


२६ असार २०७७, शुक्रवार १२:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु