punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिला टी-२० विश्वकप: फाइनलमा दक्षिण अफ्रीका र अस्ट्रेलियाको भिडन्त आज

Chaupati
safha napa

आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा आज आयोजक दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच भिडन्त हुँदैछ ।

फाइनल खेल नेपाली समयअनुसार साँझ पौने सात बजे दक्षिण अफ्रिकाको केप टाउनमा सुरु हुनेछ । घरेलु टोली दक्षिण अफ्रिका महिला र पुरुष क्रिकेटको कुनैपनि फरम्याटको विश्वकप फाइनलमा पुगेको यो पहिलो पटक हो ।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने सातौँ पटक टी-२० विश्वकप फाइनल खेल्दैछ । जस मध्ये अस्ट्रेलियाले पाँच उपाधि जितेको छ । अस्ट्रेलियाले सेमिफाइनलमा भारतलाई ५ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै दक्षिण अफ्रिकाले उपाधी प्रबल दावेदारका रुपमा रहेको इङल्याण्डलाई सेमिफाइनलमा ६ रनले पराजित गर्दै पहिलो पटक फाइनलमा पुगेको थियो ।

जारी प्रतियोगितामा यी दुई टोली दोस्रो पटक आमनेसामने हुँदैछन् । यसअघि समूह चरणमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।


१४ फागुन २०७९, आइतवार ११:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु