punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीपलाई ‘थुनामै राख्नुपर्ने’ र ‘विदेश जान पाउनुपर्ने’ मागका दुई निवेदन मल्ल र चुडालको इजलासमा सुनुवाइ

Chaupati
safha napa

सन्दीप लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न माग गरिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

यस्तै, लामिछानेका तर्फबाट क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित परेको निवेदनमा पनि सुनुवाइ हुँदै छ । यी दुवै निवेदनमाथि न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा संयुक्त रूपमा सुनुवाइ हुन लागेको हो ।

लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । जिल्ला अदालतले लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो ।

तर, उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाउँदै लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उच्च अदालतको प्रमुख सर्तमध्ये लामिछाने नेपालबाहिर जान नपाउने पनि एक हो ।

उच्चको आदेशविरुद्ध सरकारी वकिल तथा लामिछाने दुवैका तर्फबाट सर्वोच्चमा निवेदन दिइएको छ । लामिछानेलाई थुनामै राख्न सरकारी वकिलको माग छ । उच्चको आदेश खारेज गरी विदेश जान पाउनुपर्ने लामिछानेका तर्फबाट माग गरिएको छ ।

 


१४ फागुन २०७९, आइतवार ११:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु