punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्ने तयारी, राष्ट्रपति निर्वाचनमा भोट दिन पाउने

Chaupati
safha napa

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएसँगै राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि सांसद चौधरी निलम्बित भएका कारण मतदाता सूचीमा उनको नाम समावेश थिएन ।

बिहीबार निर्वाचन आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै उनको नाम मतादाता सूचीमा समावेश गरेर अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

सांसद चौधरी अदालतको आदेश कार्यान्वयन गराउनका लागि गत माघ १९ गते पक्राउ परेका थिए । झन्डै १० वर्षअघि ट्याक्टरमा आगजनी गरेको घटनामा दोषी ठहर ६ महिना कैद र ८ लाख १९ हजार बिगो भराउनका लागि पक्राउ परेपछि उनी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका थिए ।

यस्तै हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । महतो निलम्बनमा नपरेकोले उनको नाम पनि मतदाता सूचीमा समावेश रहेको छ ।

यस्तै राष्ट्रपतिको निर्वाचनका लागि मतदाताका रूपमा रहेका सङ्घीय र प्रदेश सभा सदस्यमाथि कुनै दाबी विरोध उजुरी नपरेको उनले बताए । आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ता गर्ने, सोही दिन उम्मेदवारको सूची प्रकाशन गर्ने, फागुन १४ गते उम्मेदवारको मनोनयन विरुद्ध उजुरी दिने, १४ र १५ गते मनोनयन र उजुरीमा छानबिन गर्ने कार्यतालिका रहेको छ ।

यस्तै फागुन १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यसूची रहेको छ ।


१२ फागुन २०७९, शुक्रवार १३:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु