punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालुवाटार बैठकः नेपाललाई राष्ट्रपति बनाउन प्रचण्डको प्रस्ताव, कांग्रेस मानेन

Chaupati
safha napa

चुनावअघिको पुरानो गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।

माओवादी, नेकपा एस र जसपाको बिहीबार साँझ भएको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितको बैठकमा अध्यक्ष नेपालको नाम अघि सारेका हुन् ।

बैठकमा सहभागी नेकपा एसका नेता प्रकाश ज्वालाले भने, ‘प्रचण्डजीले माधवजीलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभयो । तर, कांग्रेसले पनि अडान छाडेको छैन । त्यही भएर आन्तरिक छलफल गरेपछि फेरि बस्नेगरी उठेका हौं ।’

तर, कांग्रेसले पाँच वर्षभित्र माधव नेपाललाई पनि एकवर्ष प्रधानमन्त्री बनाएर राष्ट्रपति आफैंले राख्ने प्रस्ताव अघि सारेको छ ।


१२ फागुन २०७९, शुक्रवार १३:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु