धार्चुलामा जिप दुर्घटना, एक नेपालीको मृत्यु
भारतको धार्चुला–कैलाश–मानसरोवर सडक खण्डमा जिप दुर्घटना हुँदा एक जना नेपालीको मृत्यु भएको छ। अर्का घाइते छन्।
४ः३० बजेको समयमा उक्त सडक खण्डको माङती नाला ग्रीफ नजिक जिप दुर्घटना हुँदा ब्याँस गाउँपालिका–२ दुम्लिङका ३० वर्षीय रुकुम सिंह बुढाथोकीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।
दुर्घटनामा मालिकार्जुन गाउँपालिका–८ पस्तीका ४० राम सिंह खत्री गम्भीर घाइते भएका छन्।
जिपमा चार जना यात्रु सवार थिए। गर्बाधारबाट धार्चुला आउने क्रममा माङतीखोलामा दुर्घटना भएको थियो। चालकसहित दुई जना भारतीय नागरिक पनि समान्य घाईते भएका छन्।
६ फागुन २०७९, शनिवार १९:५६ बजे प्रकाशित













