सुन बन्यो अहिलेसम्मकै महंगो, रह्यो नयाँ रेकर्ड
धनगढी, असार २४ । बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ पुगेको छ ।
सुन हिजो प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियोे । सुन यसअघि सबैभन्दा बढी असार १४ गते ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला ९ सय ५५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भएको थियोे ।
२४ असार २०७७, बुधवार ०६:१८ बजे प्रकाशित













