punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरीले अरुण चौधरी जेल चलान गरिएको जानकारी संसद्लाई गरायो

Chaupati
safha napa

काडमाडौं स् नेपाल प्रहरीले सांसद अरुणकुमार चौधरी पक्राउ गरेर जेल चलान गरिएको संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ।

कार्यालयले शुक्रबार एक पत्रमार्फत संसद् सचिवालयलाई जानकारी गराएको हो। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरी शुक्रबार जेल चलान भएका छन्। उनी अदालतको फैसला कार्यान्वयनको कैद पुर्जी बुझेपछि जेल चलान भए। प्रहरी प्रधान कार्यालयले सभामुख देवराज घिमिरेलाई पत्र पठाएर चौधरिलाई जेल चलान गरिएको जानकारी गराएको हो।

सभामुख घिमिरेले आइतबार सो पत्र पढेर सदनलाई जानकारी गराउनेछन्। उनले सदनलाई सो बारेमा जानकारी गराइसकेपछि चौधरी निलम्बनमा पर्ने छन्।

चौधरी गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ मा लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले चौधरीसहित तीन जनालाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।


२१ माघ २०७९, शनिवार ०६:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु