punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा उपस्थित गराइने

Chaupati
safha napa

बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरीलाई प्रहरीले आज (शुक्रबार) अदालतमा उपस्थित गराउने तयारी गरेको छ। सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो।

उनलाई बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौं ल्याएर काठमाडौंबाट विमानमार्फत् नै धनगढी पुर्‍याइएको थियो। बिहीबार चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीकी हिरासतमा रहे।

जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई शुक्रबार कैलाली जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।

स्थानीय महादेव बजगाईंको ट्र्याक्टरमा आगो लगाएको कसुरमा उनीलगायत ३ जना दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको छ। उक्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी, अरुण र बिर बहादुर चौधरीलाई समेत अदालतले दोषी ठहर गरेको थियो। उनीहरुले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्केर आगो लगाएका थिए।

उक्त विषयमा जाहेरी परेपछि उनीहरु तीनैजना बयान दिन समेत अदालत नआएर फरार भएका थिए। तीनै जना प्रतिवादीहरुका नाममा अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ। २०६६ साल भदौ ३ गते कैलालीको चिसापानीस्थित गोरङ्गा खोलाबाट ढुंगा लिएर लम्की फर्किने क्रममा उनीहरुले ट्र्याक्टरमा आगजनी गरेका थिए।

अदालतले ६ महिना कैद सुनाए पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेर फैसला कार्यान्वयन गराएको थिएन। चौधरी गएको प्रतिनिधि सभा निर्वाचनमा आफैं मनोनयन दर्ता गर्नेदेखि प्रचार-प्रसारमा सहभागी थिए। तर, फरारको सूचीमा रहेका उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थिएन।


२० माघ २०७९, शुक्रवार १२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु