घोडाघोडी बाट चित्तलको २ थान छाला सहित एक जना पक्राउ
कैलालीमा चित्तलको छाला सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडले जिल्लाको घोडाघोडी नगरपालिका–५ देउकलिया बाट ५४ बर्सिया खेमराज सापकोटालाई पक्राउ गरेको हो ।
सापकोटालाई उनकै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारीले जानकारी दिए ।
सापकोटाबाट प्रहरीले २ थान छाला बरामद गरेको थियो ।आवश्यक कारबाहीका लागि उनलाई डिभिजन वन कार्यालय पहलमानपुर पठाइएको शाहीले बताए ।
१८ माघ २०७९, बुधवार १८:५४ बजे प्रकाशित































