punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडीमा प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता भोलिबाट सुरु हुँदै

Chaupati
safha napa

कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकामा प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ ।
प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता तदर्थ समितिले आयोजना गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । भोली बिहान ११ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले प्रतियोगिताको उद्घाटन गर्ने प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता तदर्थ समितिका संयोजक कृष्ण खत्रीले जानकारी दिए ।
वडा नम्बर १ का १२ टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् । भोली देखी सुरु हुने प्रतियोगिता २१ गते सम्म जारी रहने छ । प्रथम हुने टिमले २० हजार नगद ,मेडल ट्रफी सहित प्रमाण पत्र र दोस्रो हुने टिमले १० हजार नगद ,मेडल ट्रफी सहित प्रमाण पत्र पाउने संयोजक खत्रीले जानकारी दिए ।
प्रतियोगिता राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ । उक्त प्रतियोगिताले वडा नम्बर १ मा फुटबलको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यस्ता प्रतियोगिता सबै क्षेत्रमा भए नयाँ खेलाडी उत्पादनमा सहजता हुने सचिव धर्मेन्द्र विष्टले बताए ।


१८ माघ २०७९, बुधवार १९:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु