punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा पाँच करोड लगानीमा कृषि मार्ट सुरु

Chaupati
safha napa

धनगढीमा कृषि मार्ट सञ्चालनमा आएको छ ।  मंगलबारबाट सञ्चालनमा ल्याइएको यो मार्ट नेपालकै पहिलो पूर्ण कृषि मार्ट भएको सञ्चालकको दावी छ ।

पाँच करोड रुपैयाँको लगानीमा धनगढी चौराहामा मुक्तिनाथ विकास बैंकको पछाडि भित्री सडकमा सञ्चालनमा ल्याइएको मार्टमा उपभोक्ताले तरकारी, फलफूल, अन्नलगायत कृषि उपज, बीउबीजन, कृषि यन्त्र आदि कृषिसँग सम्बन्धित सामग्रीहरु खरिद गर्न सक्ने सुविधा छ ।

कृषि मार्टका सञ्चालक विष्णु बुर्लाकोटीले मार्टमा बीउबीजन, मलखाद, कृषि सम्बन्धि बीज्ञ सेवा, कृषि तथा भेटेरिनरीका औजार र मेसिन, अर्गानिक र ताजा तरकारी, फलफुल, खाद्य सामग्री, फ्रोजन मासु तथा हस्तकला सामग्री, सुदूरपश्चिमका परम्परागत खानाका परिकारहरु राखिएको बताए ।

उपभोक्ता र किसानलाई आवश्यक कृषिजन्य सामग्रीहरु एकै स्थानमा उपलब्ध गराउन मार्ट सञ्चालनमा ल्याइएको उनले बताए । मार्ट स्थापनामा पाँच करोड खर्च भइसकेको र बाँकी रहेका केही काम सहित लागत सात करोड पुग्ने बुर्लाकोटीले बताए ।

कृषि मार्ट सञ्चालनले किसानलाई कृषि उपजको बजारीकरणमा सजिलो हुने उनको दावी छ ।

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले मंगलबार एक कार्यक्रमका बीच मार्टको उद्घाटन गरे ।

उनले मार्ट सञ्चालनले कृषिको विकासका माध्यमबाट अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले कृषिको विकासबाट मात्र देशमा रोजगारी र आर्थिक विकास संभव हुने बताए ।


१८ माघ २०७९, बुधवार ०७:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु