punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले बनायो यस्तो रेकर्ड

Chaupati
safha napa

 

मुम्बई असार २३ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘दिल बेचारा’ को ट्रेलरले विश्व रेकर्ड राख्न सफल भएको छ ।
सोमवार रिलिज भएको फिल्मको ट्रेलरले छोटो समयमा धेरै लाइक्स पाउनविश्वकै पहिलो भिडियोको रेकर्ड राखेको हो ।
यो ट्रेलर रिलिज भएको ९८ मिनेटभित्र १० लाखले लाइक गरेका थिए । त्यस्तै हजारौंले प्रतिक्रिया जनाएका थिए । कतिले सुशान्तको फिल्म ‘दिल बेचारा’ को ट्रेलर हेर्दा आफू रोएको प्रतिक्रिया दिएका थिए ।
ट्रेलर रिलिज हुनुअघि नै प्रतीक्षित दर्शकले ५५ हजार लाइक गरिसकेका थिए ।
यो फिल्म जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित छ । फिल्ममा मुकेश छाबडाको निर्देशन छ भने सैफ अली खानको पनि अभिनय देख्न सकिनेछ ।


२३ असार २०७७, मंगलवार ०६:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु