punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

Chaupati
safha napa

  नुवाकोट  असार २३ ।

नुवाकोटको गंगटेमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको भने अर्का एक घाइते भएका छन्। पासाङल्हामु मार्गको त्रिशूली-पिपलटार सडकखण्डको बीचमा रहेको विदुर नगरपालिका ५ गंगटेमा सोमबार राती ९ बजे वा९८प ५५१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइल चालक २१ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको हो।
पछाडि सवार विदुर-५ देवीघाटका २७ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विदुर नगरपालिका ३ देवीघाट फिर्केपका ठाकुर गम्भीर घाइते भएका थिए। लगत्तै उनलाई उपचारका लागि विदुरस्थित अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको  मृत्यु भएको प्रहरी निरीक्षक विष्णु फुयालले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।


२३ असार २०७७, मंगलवार ०५:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु