धनगढी विमानस्थलमा मुख्यमन्त्रीसँग नेता रावलको आकस्मिक भेट, के के भयो संवाद ?
काठमाडौँबाट फकिँदै गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल र काठमाडौँ जाँदै गरेका नेकपा एमालेका नेता डा.भीम रावलबिच धनगढी विमानस्थलमा आकस्मिक भेटवार्ता भएको छ ।
विमानस्थलको विशिष्ट कक्षमा उनीहरु दुवै जनाबिच भेट भएको हो । भेटका क्रममा सबै भन्दा पहिलो रावलले मुख्यमन्त्री रावललाई बधाई दिएका थिए । त्यस बिचमा दुबै बिच समसामयिक विषयमा संवाद भएको थियो ।
रावलले काठमाडौँको बसाई कस्तो रहेको भन्दै मुख्यमन्त्री रावललाई सोधेका थिए । उनले उपलब्धी पूर्ण रहेको बताएपछि नेता रावलले मुख्यमन्त्रीसँग विश्वासको मत कहिले लिँदै हुनुहुन्छ रु भनेर जिज्ञासा राखेका । जवाफमा मुख्यमन्त्री रावलले गठबन्धनमा आबद्ध दलहरूसँगको छलफलपछि विश्वास मत लिने बताएका थिए ।
सुदूरपश्चिम प्रदेशको समग्र विकासका विषमा पनि दुबै बिच केही बेर संवाद भएको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले विश्वासको मत अझै लिएका छैनन् ।
पुस २७ मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ भित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । मुख्यमन्त्री रावलले केही दिन भित्रै विश्वासको मत लिने तयारी गरेको बुझिएको छ ।
१२ माघ २०७९, बिहीवार १५:३० बजे प्रकाशित































