कैलालीमा नेकपाका अध्यक्ष ओली पक्षधर र प्रचण्ड पक्षधर बिच झडप
असार २२,कैलाली । कैलालीमा नेकपा अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पक्षधर बिच झडप भएको छ । ओली पक्षधरले प्रधानमन्त्री पदको बचाउमा लम्कीमा र्याली र कोण सभाको आयोजना गरेका थिए। उक्त कार्यक्रममा करिव ५ बजे तिर प्रचण्ड पक्षधरहरु एकएक आएर आक्रमण गरेपछि दुबै समूह बिच झडप भएको एक प्रत्यक्षदर्शीले बताए ।
ओली पक्षधरले सचेत नागरीक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा दुई दर्जन बढी युवाहरुको सहभागितामा लम्की चौराहामा प्रर्दशन गरिरहेका थिए । उनीहरुले देशको मुहार फेर्नु छ साथी , पार्टी भन्दा राष्ट्र माथी , राष्ट्रीय स्वाभिमान कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा लेखेका प्ले कार्ड सहित प्रधानमन्त्री पदको बचाउका लागि कार्यक्रम गरिरहेका थिए ।
दुईतिहाईको सरकारलाई आफ्नै साथिहरुले ढलाउन खोजेको भन्दै आक्रोस पोखि रहेकाबेला प्रचण्ड निकटका केहि युवाहरुले कार्यक्रममा आएर हातपात गरेका थिए ।
ओली पक्ष निकट मानिदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गर्दै भाषण गरेका थिए। त्यस लगत्तै बोल्न माईक समाएका लम्कीचुहाकै नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए। त्यसपछि प्रचण्ड निकटका केही युवाहरु खड्कामाथि खनीएका थिए।
प्रचण्डका पुर्ब लडाकुहरुले आफुहरुमाथि नियोजित रुपमा आक्रमण गरेको आरोप ओलीपक्षधरले लगाएका छन । झडपलाई केहि समय भित्रै प्रहरीले साम्य पारेको थियो ।
२२ असार २०७७, सोमवार १४:०२ बजे प्रकाशित































