विश्वभर एकैदिन थपिए यति धेरै कोरोना संक्रमित, कति पुग्यो ज्यान गुमाउनेको संख्या ?
काठमाडौं, असार २३ । विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन १ लाख ७१ हजार भन्दा बढीले थपिएको छ।
कुल संक्रमितको संख्या १ करोड १७ लाख ३९ हजारभन्दा बढी पुगेको छ । वल्र्डवमिटरका अनुसार अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
त्यस्तै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या पाँच लाख ४० हजार ६६० पुगेको छ । ६६ लाख ४१ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै ५८ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।
२३ असार २०७७, मंगलवार ०२:२७ बजे प्रकाशित































