punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तपाईंको नाममा दुईभन्दा बढी सीमकार्ड छन् ? नामसारी गरिहाल्नुहोस्

Chaupati
safha napa

काठमाडौं, असार २२
अबदेखि कुनैपनि व्यक्तिले एउटै टेलिकमको दुई भन्दा बढी सीमकार्ड लिन नपाउने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सुरक्षाका लागि एउटै सेवा प्रदायकबाट एउटा व्यक्तिले दुईभन्दा बढी सीमकार्ड राख्न नपाइने व्यवस्था गरेको हो । प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले यदि लिएको भएमा अर्काको नाममा नामसारी गरेर सेवा बन्द गर्नुपर्ने बताए ।

उनकाअनुसार प्राधिकरणले निर्णय गरी सेवाप्रदायकलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ । नयाँ व्यवस्थाअनुसार यदि कुनै पनि ग्राहकले नेपाल टेलिकमका तीन सिमकार्ड लिएको भएमा एउटा सीम फिर्ता गर्नुपर्छ । यसरी फिर्ता गरेकाे सीम अर्कैका नाममा दर्ता हुन्छ ।

पछिल्लो समय अनधिकृत रुपमा उपयोग हुन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सीमकार्ड नियमन गर्न थालेको छ । प्राधिकरणले यसअघि एक सीमकार्ड निकाल्न आफै आफ्नो सक्कली परिचयपत्र लिएर उपस्थित हुनुपर्ने सूचना जारी गरेको थियो ।


२२ असार २०७७, सोमवार १०:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु