punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधिसभा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन् ।

पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए । तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका शाही प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने पनि चर्चा थियो ।

तर, अध्यक्ष लिङ्देनले मन्त्रीमा पाका अनुहारलाई रोजेर शाहीलाई संसदीय जिम्मेवारी सुम्पिएका हुन् ।

 


४ माघ २०७९, बुधवार १३:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु