punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्यो शीतलहर, कहिले सम्म यस्तो ?

Chaupati
safha napa

देशै भरी सितलहर सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि  धेरैजसो विद्यालय बन्द गरिएको छ ।

मौसमविद् विनु महर्जनले अधिकतम र न्यूनतम तापक्रमबीचको औसत अन्तर, घाम नलाग्ने अवधि, आकाशबाट तपतप शीत चुहिएको अवस्था लगायतका आधारमा शीतलहर चलेको घोषणा गरिन्छ । यही आधारमा मंगलबार नै तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको मौसमविद् महर्जनले बताइन् ।

तराईका जिल्लाहरुमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्म झरेको छ । अधिकतम र न्युनतम तापक्रम औसत पाँच डिग्री सेल्सियसभन्दा कम हुनुलाई शीतलहरको एउटा आधार मानिन्छ । यस्तै दिनभरीमा दुई घण्टाभन्दा कम समयमात्रै घाम लाग्नु अर्को आधार हो ।

मौसमविदहरुका अनुसार यो वर्षको जाडो भर्खरै सुरु भएको छ । अझै केही दिन जाडो बढ्नसक्ने भएकाले पूर्व सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । कमजोर खालको पश्चिमी न्यून चापीय प्रणाली नेपालमा रहेकाले तत्काल हिउँ पर्ने र पानी पर्ने सम्भावना पनि छैन । जल तथा मौसम विज्ञान विभागले यो वर्षको हिउँदमा गत वर्षको तुलनामा कम पानी पर्ने प्रक्षेपण गरेको छ ।

पानी नपर्दा वायुमण्डलमा धुलोका कण मिसिएको बाक्लो तुवाँलो लागेको छ । प्रदूषणयुक्त तुवाँलो हट्न पानी पर्नुपर्ने वा वायुको गति बढी हुनुपर्ने हुन्छ । तर यी दुवै सम्भावना अहिले तत्काल नरहेकाले प्रदूषण बढेको छ । त्यसैले मास्क लगाएर मात्र घर बाहिर निस्किन पनि मौसमविदले सुझाव दिएका छन् ।


२१ पुस २०७९, बिहीवार ०८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु