punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेम आले र माया राईले लिए सांसदको शपथ

Chaupati
safha napa

प्रतिनिधिसभा सदस्यहरू प्रेम आले र माया राईले मंगलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यसअघि प्रतिनिधिसभामा शपथ ग्रहण गर्न छुटेका उनीहरूले आज (मंगलवार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उनीहरूलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमसेर राणाले शपथ गराएका थिए । सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानून समितिको हलमा राणाले सांसदद्वयलाई शपथ गराएका थिए ।

यसअघि पुस ७ गते भएको शपथ ग्रहण कार्यक्रममा आले मृत्युसंस्कारमा बसिरहेका थिए भने राई भने सुत्केरी भएका कारण अनुपस्थित रहेका थिए । आले नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् भने राई नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।


१९ पुस २०७९, मंगलवार १३:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु