punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बसन्ता क्षेत्रमा दिउँसै बाघ डुल्न थालेपछि स्थानीय त्रसित

Chaupati
safha napa

धनगढी, पुस ९ गते । कैलालीको वसन्ता कोरिडोर आसपासका गाउँमा दिउँसै बाघ डुल्न थालेपछि स्थानीय त्रसित भएका छन्। एक सातादेखि गाउँतिर बाघ बरालिएको देखिन थालेपछि कैलारी गाउँपालिका–७ र ५ का बासिन्दा त्रसित भएका हुन्। स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केही दिनदेखि गाउँ, खेततिर देखिने गरेको छ। बाघको गर्दनमा बेल्ट बाँधिएको जस्तो देखिएको वस्तु सम्भवतः ‘रेडियो कलर’ जडान गरिएको हुनुपर्छ।

मान्छेले खेतमा जाने क्रममा दिउँसै पनि बाघ देखेको कैलारी गाउँपालिका–७ का खेमराज चौधरीले बताए । उनका अनुसार तीन दिनअघि मात्रै सोही वडाको विपत्पुरस्थित वन र कटैनी नदी क्षेत्रमा दिनभरि बाघ देखा परेको थियो। यसैगरी वसन्तास्थित उखुबारीमा पनि बाघ पुगेको बताइएको छ। “वसन्ता वन क्षेत्र नजिक बाघले एउटा छाडा गाई पनि मारेको थियो,” चौधरीले भने ।

खेत जाने क्रममा केही मान्छे झन्डै बाघसँगको जम्काभेटबाट जोगिएको जनाइएको छ। गहुँ सिँचाइका लागि खेतमा जाने क्रममा बाघ देखिएको थियो। उनीहरूले होहल्ला गरेपछि बाघ अन्यत्र गएको बताइएको छ। बाघको त्रास बढेपछि साँझ पर्नेबित्तिकै वसन्ता, रामपुर, भुइँयाफाँटा, बैजपुर, विपत्पुर, तिघरीलगायतका गाउँ सुनसान हुने गरेको स्थानीयले बताएका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा। गणेश पन्तले बाघका कारण सम्भावित क्षति हुन नदिन भारतीय अधिकारी, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जिल्ला वनसँग समन्वय भइरहेको बताए ।


९ पुस २०७९, शनिवार १७:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु