punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा प्रकाश देउवाको सम्भावना बढि

Chaupati
safha napa
कैलाली  ५(२)बाट प्रदेश सभामा निर्वाचित प्रकाश देउवा कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता बन्ने बढि देखिएको छ । उनी शेरबहादुर देउवाका परिवारका सदस्य पनि हुन् ।
अहिले देउवा बाहेक अन्य केही पनि संसदीय दलको नेताका लागि दौडधुपमा छन् ।  कञ्चनपुर निर्वाचित बहादुर थापा, देवानसिंह विष्ट, अछामबाट निर्वाचित मेघराज खड्का र कैलालीबाट निर्वाचित कमल शाह दलको नेताका लागि लागि परेका छन् ।
दलको नेतामा दाबी गरेका कञ्चनपुरका थापा पार्टीका पूर्व जिल्ला सभापति तथा संविधान सभा सदस्य हुन् । कञ्चनपुरकै विष्ट संविधान सभा सदस्य तथा महासमिति सदस्य हुन् । अछामका खड्का जिल्ला विकास समिति सभापति तथा हालका प्रदेश महामन्त्री हुन् । उनले यस अघि पनि संविधान सभा र प्रदेश सभामा टिकट पाएका थिए । तर, तेस्रो प्रयासमा अहिले सांसद बन्न पाए ।
कैलालीका शाह पनि महासमिति सदस्य हुन् । संसदीय दलको नेतामा अहिले चर्चामा रहेका मध्ये देउवा पार्टीमा सबै भन्दा जुनियर हुन् । तर, शेरबहादुर देउवाको भतिजा भएकै कारण उनी प्रदेश संसदीय दलको नेता बन्ने सम्भावना रहेको कांग्रेस नेताहरू बताउँछन् ।
सर्वसम्मतमा सकस
अहिले प्रकाश देउवालाई कांग्रेस संसदीय दलको नेता बनाउन बालुवाटार लागे पनि उनलाई सर्वसम्मत हुन भने सहज छैन । यस्तो अवस्थामा चुनाव हुन सक्ने धेरैको विश्लेषण छ ।
दलको नेतामा आकांक्षी रहेका प्रदेश महामन्त्री खड्काले पनि निर्वाचन समिति बनाएर प्रक्रिया अघि बढ्ने बताए ।‘
दलको नेता सर्वसम्मत हुन्छ’ उनले भने ‘तर, आवेदन दिने कुराहरू अघि बढ्छ ।’
कांग्रेस प्रदेश समितिले प्रदेशमा  प्रदेश संसदीय दलको नेता चयनको लागि निर्वाचन समिति गठन गर्ने तयारी गरेको छ । उक्त समितिले दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउने छ ।
दलको नेताका लागि अहिले सम्म सहमति भइसकेको छैन । अब केही दिनमै निर्वाचन प्रक्रिया सुरु हुने भएको हुँदा अहिले पनि सहमति सम्भावना नरहेको कांग्रेस नेताहरू बताउँछन् ।
शपथ ग्रहण पछि मात्रै दलको नेता छनोट गर्ने तयारी भइरहेको प्रदेश महामन्त्री खड्काले बताए ।
देउवा पक्षमै समस्या
सुदूरपश्चिम प्रदेशका १९ जना कांग्रेसका प्रदेश सभा सदस्य छन् । प्रत्यक्ष तर्फबाट १२ जना र समानुपातीबाट ७ जना सांसद भएका हुन् । प्रत्यक्ष तर्फबाट निर्वाचित भएका १२ जना मध्ये १० जना देउवा पक्षमा सांसद हुन् । कञ्चनपुरबाट निर्वाचित देवानसिंह विष्ट र दार्चुलाबाट निर्वाचित विक्रम धामी बाहेक अन्य देउवा खेमाका हुन् । १४ औँ महाधिवेशनमा कोइराला समूहबाट केन्द्रीय सदस्य लडेर पराजित भएका कमल शाह पनि अहिले खेमा परिवर्तन गरेका छन् ।
यसरी हेर्दा दलको नेतामा दाबी गरेका पाँच जना मध्य चार जना देउवा पक्षका र एक जना कोइराला पक्षका छन् । समानुपातिकमा पनि ७ जना मध्ये ६ जना देउवा पक्षका सांसद छन् ।
देउवा पक्षले सर्वसम्मत रुपमा दलको नेतामा उम्मेदवार खडा गरे ती उम्मेदवार नै सर्वसम्मत हुने सङ्केत देखिएको छ । तर, देउवा पक्षमै पनि सहमति हुने सम्भावना भने न्यून छ ।
देउवा पक्षमा अहिले नेताहरू प्रकाश देउवालाई नै सर्वसम्मत दलको नेता बनाउन लागिरहेका छन् ।
यता कोइराला समूहका मानिएका विष्ट आफूलाई पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड दुवैले मुख्यमन्त्रीको आश्वासन दिएका कारण आफू दलको नेता हुनेमा विश्वस्त छन् । प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रकी बिना मगरलाई उम्मेदवार बनाएर आफूलाई मुख्यमन्त्रीको आश्वासन सहित प्रदेशमा उठाएको उनको दाबी छ ।
मेरो पार्टी सभापति र माओवादी अध्यक्ष दुवैले मलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्नुभएका थियो । म त्यहि सर्तमा प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न राजी भए उनले भने अब गठबन्धनले मुख्यमन्त्रीको प्रस्तुत गरिरहेका बेला दलको नेता त म स्वभाबिक भए नि ।
यी हुन् कांग्रेसका सांसद
कांग्रेसमा प्रत्यक्षबाट प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह,  दिवानसिंह विष्ट, बहादुर सिंह थापा र बेलबहादुर राना मगर, मेघराज खड्का र मानबहादुर रावल, पृथ्वीबहादुर सिंह, शिवराज भट्ट, विक्रमसिंह धामी छन् ।
समानुपातिक तर्फबाट ललिता सुनार, मधु भारती,सरस्वती खड्का, जुना दानी डम्बरी महरा, तुलसी देवकोटा र  गीता कुमारी चौधरी सांसद भएका छन् ।

७ पुस २०७९, बिहीवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु