punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फिफा विश्वकप फुटबल : अर्जेन्टिना विश्व च्याम्पियन

Chaupati
safha napa

अर्जेन्टिनाले फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्सलाई हराउँदै विश्वकपको ट्रफी जितेको छ ।  फिफा विश्वकपको ट्रफी अर्जेन्टिनाले यो तेस्रोपटक जितेको हो ।

आइतबार राति भएको खेलमा अर्जेन्टिनाका लागि दोस्रो गोल एन्जेल डि मारियाले गरेका थिए । उनले ३६ औं मिनेटमा गरेको गोलले अर्जेन्टिनालाई हाफटाइममा २–० को अग्रता दिलाएका थिए ।

हाफ टाइमअगाडि अग्रता लिएकाे फ्रान्सलाई चुनाैती बने फ्रान्सका किलियन एम्बाप्पे । उनले ८० ओँ मिनेटमा र ८१ औँ मिनेटमा दुई गाेल गरेपछि खेल बराबरीमा पुग्याे । उनकाे पहिलाे गाेल पेनाल्टीमार्फत् थियाे ।

निर्धारित समयमा दुवै टिम बराबरीमा भएपछि खेल अतिरिक्त समयमा धकेलियाे ।

अतिरिक्त समयमा मेसीले अर्जेन्टिनाका लागि तेस्राे र व्यक्तिगत दाेस्राे गाेल गरे । तर एम्बाप्पेले पेनाल्टीमार्फत् गाेल फर्काए ।

त्यसपछि पेनाल्टीमा पुगेकाे खेलमा अर्जेन्टिनाले जित हासिल गरेकाे हाे ।


४ पुस २०७९, सोमवार ००:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु