नगर प्रमुखले पत्रकारलाई बन्धक बनाएर भिडिओ डिलिट गर्न लगाइन्
कैलाली । लम्की चुहा नगरपालिका प्रमुख सुशीला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएकी छन् ।
आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारी साधन प्रयोग गरिरहेको सम्बन्धी रिपोर्टिङ गरिरहेका बेला नगर प्रमुखले पत्रकार ढुङ्गानालाई केही घण्टा नियन्त्रणमा लिएकी हुन् ।
नगर प्रमुख शाहीले आफूलाई नजिकैको होटेलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा दिएको र खिचेका भिडिओ डिलिट गर्न लगाएको आरोप ढुङ्गानाले लगाएका छन् । ढुङ्गाना न्युज २४ टेलिभिजन सुदूरपश्चिम ब्युरो कार्यालयमा कार्यरत छन् ।
प्रेस चौतारी प्रदेश सदस्य समेत रहेका ढुङ्गानालाई समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहार प्रति प्रेस चौतारी कैलालीले भर्सना गरेको छ ।
सचिव जनक बिष्टले जारी गरेको बिज्ञप्तिमा घटनाको छानबिन गरि दोषि माथि कारबाहीको माग गरिएको छ ।

२५ मंसिर २०७९, आइतवार २१:३८ बजे प्रकाशित































