punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पौडी खेल्ने क्रममा इटालीमा एक नेपाली युवाको मृत्यु

Chaupati
safha napa

काठमाडौं, असार १८ । इटालीमा एक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएका २८ बर्षिय किरण खरेलको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो । इटालीको मिलनमा बस्दै आएका खरेल पाभिया शहरमा रहेको तिसिनो नदीमा साथीहरुसहित पौडी खेल्न गएका थिए।

उनको शव त्यहाँको स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र पूर्ण रिपोर्ट आएपछि मात्र सम्बन्धित परिवारलाई जिम्मा दिने अस्पतालले जानकारी दिएको छ।
मृतक खरेलको अन्तिम दाहसंस्कार इटालीमानै गर्ने वा नेपाल पठाउने भन्ने सन्दर्भमा छ्लफलपछी मात्र टुंगो लाग्ने एनाआरएन इटालीका उपाध्यक्ष छबिलाल कंडेलले जानकारी दिएका छन्। मृतक खरेल मिलानमा रहेको स्टारबक्स रिजर्भ कफिशपमा कार्यरत थिए।


१८ असार २०७७, बिहीवार ०५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु