punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चट्याङबाट धान रोपिरहेका चार जना महिलाको मृत्यु

Chaupati
safha napa

काठमाडौं, असार १८ । बारामा दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर चार जना महिलाको मृत्यु भएको छ । आज विहान परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले बताए ।

यसैगरी सोही समयमा परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको डीएसपी मिश्रले बताए । चट्याङले सोही ठाउँ बस्ने अन्य ५ जना पनि घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।


१८ असार २०७७, बिहीवार ०४:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु