अमेरिकामा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित
काठमाडौं, असार १८ । पछिल्लो २४ घण्टामा अमेरिकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । बुधवार मात्रै अहिलेसम्मकै धेरै ५१ हजार ९७ जना संक्रमित भेटिएका हुन् भने ६ सय ७६ जनाको मृत्यु भएको छ ।
अमेरिकामा कोरोनाबाट अहिलेसम्म १ लाख ३० हजार ७९८ जनाको मृत्यु भईसकेको छ भने २७ लाख ७९ हजार ९५३ जनालाई संक्रमण भएको छ । त्यस्तै ११ लाख ६४ हजार ६८० जना स्वास्थ्योपचार पछि कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म् ३२ हजार १४३ जनाको मृत्यु भएको छ भने ४ लाख १८ हजार ६०५ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा ६ हजार १६४ जनाको मृत्यु भएको छ भने २ लाख ३८ हजार ३९१ जनालाई संक्रमण भएको छ । त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १ लाख ७७ हजार २३८ जनालाई संक्रमण भएको छ भने १५ हजार २१८ जनाको मृत्यु भएको छ ।
विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ५ लाख १८ हजार ९६८ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८ लाख ३ हजार ५९९ जनालाई संक्रमण भएको छ । त्यस्तै ५९ लाख ३९ हजार १७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
१८ असार २०७७, बिहीवार ०३:४१ बजे प्रकाशित































