punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Chaupati
safha napa

जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार सुन्दरहरैंचा–१० का ७३ वर्षीय वृद्ध जयप्रसाद बास्तोलाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले श्रीमती जानुका बास्तोलासँगै घाँस काट्न जंगल गएका जयप्रसादलाई बिहान करिब ८ बजे हात्तीले आक्रमण गरेको जानकारी दिए।

प्रहरीका अनुसार घाँस काट्ने क्रममा जंगली हात्ती देखापरेपछि आत्तिएका जयप्रसाद भाग्ने क्रममा लड्न पुगेका थिए। सोही क्रममा जयभन्दा अली दूरीमा रहेकी श्रीमती जानुका भने भागेर ज्यान जोगाउन सफल भएकी छन्। भागेर ज्यान जोगाएकी जानुकाले गाँउमा पुगेर घटनाको जानकारी गराएकी थिइन्।

त्यसपछि स्थानीय बासिन्दा जयप्रसादको खोजीका लागि जंगलतर्फ पुगेको प्रहरीले जनाएको छ। स्थानीयले खोजी गर्ने क्रममा जयप्रसादको शव सुन्दरहरैंचा–१० स्थित मुनालझोडा सामुदायिक वनभित्र दिउँसो १ बजेतिर भेटिएको प्रहरीले जनाएको छ।


२० मंसिर २०७९, मंगलवार १४:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु