मौन अवधि भर सागर ढकाल निराहार व्रत बस्दै

डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल मौन अवधि भर निराहार व्रत बस्ने भएका छन्। बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उनले  तीन दिन  निराहार व्रत बस्ने घोषणा गरेका हुन् ।
‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दै छु। भोलि र पर्सि मौन अवधि भयो। निको पर्सि चुनावको दिन। यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ भोकै बस्नु भन्ने प्रण गरेको छु।’
गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न यहाँ आएका हुन्। यहाँ देउवा, सागर र नेपाली काँग्रेस बिपीका कर्ण मल्ल बिच  प्रतिस्पर्धा हुदैछ।
देउवालाई माओवादीले समर्थन गरेको छ भने मल्ललाई एमाले र नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ । ढकाल दुवैले दुबैलाई चुनौती दिइरहेका छन् ।

२ मंसिर २०७९, शुक्रवार ०६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु