शतप्रतिशत मत खसे केन्द्रमा फेरि मतदान हुने
शतप्रतिशत मत खसे सो मतदान केन्द्रमा फेरि मतदान हुने निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले शतप्रतिशत मत खसे सो केन्द्रमा फेरि मतदान हुने बताए ।
उनले अस्वभाविक मतदान भए पनि सो रद्द गरी फेरि मतदान हुने बताए ।
उनले बुथ कब्जा गर्ने सोच कसैले नराखे हुने बताए । उनले संवेदनशील केन्द्रमा निगरानी राखिएको समेत बताए । उनले २०६४ देखि अहिलेसम्म घटना भएका ठाउँ निगरानी गरिएको बताए
१ मंसिर २०७९, बिहीवार १५:२४ बजे प्रकाशित






























