punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा आले विजयी हुने गठबन्धनका नेताहरूको दाबी

Chaupati
safha napa

कांग्रेसले विशेष जिम्मेवारीसहित डोटी खटाइएका पूर्वकेन्द्रीय सदस्य आनन्द विष्टले डोटीमा सत्ता गठबन्धनका उम्मेदवारको जित्ने विश्वास रहेको बताएका छन् । बिहीबार डोटीको जोरायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनको जित आवश्यक भएकाले डोटीमा गठबन्धनका उम्मेदवारले जित्ने विश्वास व्यक्त गरे ।

‘विशेष परिस्थितिमा गठबन्धन बनेको हो। मुलुक अप्ठ्यारोमा गएको समयमा कांग्रेसलाई सत्तामा पुगाएर स्थिरता ल्याउन गठबन्धनका साझा उम्मेदवार प्रेम आलेजीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ,’ उनले भने, ‘कांग्रेस सत्तामा पुगेको कारण शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो। अब आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि सम्पन्न हुँदै छ,’ नेता विष्टले बताए।

गठबन्धनले जिते फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र डोटीबाट गठबन्धनका उम्मेदवारलाई विजयी गराए विकास निर्माणका लागि आफूहरूले पनि दवाव दिनसक्ने विष्टले बताए।


१ मंसिर २०७९, बिहीवार १५:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु