दार्चुला घटना : एमाले कार्यकर्ताबाट कुटिएका धामी बीएण्डबी रिफर
कैलाली । दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताहरूको आक्रमणबाट घाइते भएका जयभान सिंह धामी लाई थप उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल ल्याइएको छ ।
नौगाड गाउँपालिका ६ खेडमा एमाले कार्यकर्ताहरूले आइतबार दिउँसो आक्रमण गरेको सत्ता गठबन्धनका नेताहरूले आरोप लगाएका छन् । आक्रमणबाट घाइते भएर धनगढीमा प्रारम्भिक उपचार गरेपछि उनलाई बीएण्डबी अस्पताल रिफर गरिएको छ ।
आक्रमणको विरोधमा आज सत्ता गठबन्धनका कार्यकर्ताहरूले गोकुलेश्वर खार खलंगा खण्डको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध पारेका छन् ।
२८ कात्तिक २०७९, सोमवार १६:१८ बजे प्रकाशित































