punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसम : कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

Chaupati
safha napa

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने अनुमान मौसमविद्ले गरेका छन् । केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


२३ कात्तिक २०७९, बुधवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु