डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु
डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ ।भने धेरै धनजनको क्षति भएको छ । गए राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको छ।
यस्तै गाउँपालिकाकै उपरकाँडा र बलकट्टेका १५० भन्दा बढी घरमा आंशिक तथा केही घरमा पूर्ण क्षति भएको प्रहरीले जनाएको छ ।
२३ कात्तिक २०७९, बुधवार ०८:३० बजे प्रकाशित































